काठमाडौं ।हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भुभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
तराईका थोरै भूभागहरूमा आज पनि हुस्सु र कुहिरो लागेको छ।
बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात हुने छ।





