
काठमाडौं । केही दिनयता कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा दिनभरि हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको छ ।
मधेश प्रदेशको पूर्वी भूभाग (सप्तरी) तथा कोशी प्रदेशको तराई भू–भाग (झापा, मोरङ र सुनसरी)मा केही दिनयता मन्द शीतलहर चलेको हो ।
ल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाले मधेस प्रदेशको पूर्वी भू–भाग तथा कोशी प्रदेशको तराई भू–भागमा मिति आजसम्म शीतलहरको अवस्था नै रहने सम्भावना देखिएको जनाएको छ । छ ।
मधेस प्रदेशको पश्चिमी भू–भाग तथा बाँकी प्रदेशहरूका तराईका भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने र मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले तराईका भू–भागमा हुने हुस्सु–कुहिरो–शीतलहर निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप विशेष बुलेटिन समेत जारी गर्ने जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरुको दैनिक जीवनमा असर पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।





