काठमाडौं । नेपाल बौद्ध महासङ्घले डब्लुडब्लुएफ नेपालको सहयोगमा बुद्ध शिक्षाको माध्यमबाट वातावरण तथा वन्यजन्तु संरक्षणको लागि १० वर्षे कार्ययोजना तयार गरी विश्व वातावरण दिवसको अवसरमा हिजो सार्वजनिक गरेको थियो । सो कार्यक्रममा बौद्ध गार्डेन पार्टी प्यालेस, बौद्ध –६, तीनचुलीमा क्यब्जे चोबग्ये ठिछेन रिन्पोछेज्यूको प्रमुख आतिथ्यमा आयोजना भएको थियो ।
नेपाल बौद्ध महासङ्घले सन् २०२१ देखि नेपालको हिमाली क्षेत्रका विभिन्न जिल्लाका स्थानीय तहहरूमा बौद्ध शिक्षाको माध्यमबाट वातावरण तथा वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम आयोजना गर्नुको साथै वातावरण विद्, तथा विभिन्न गोन्पाहरूका रिन्पोछे, खेन्पो, लोपोन र लामाहरूसँग विभिन्न स्थानमा पटक पटक छलफल गरी १० वर्षे कार्ययोजना तयार गरिएको थियो ।