काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो खसेको छ ।
सडकमाथिबाट सुक्खा पहिरो खसेसँगै वैकल्पिक बाटो पनि अवरुद्ध भएको छ । पहिरो निकाल्न प्रयोग गरिने डोजरलाई समेत पहिरोले पल्टाएको छ ।
रोशी खोलाको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएपछि सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीबार राति उक्त सडकमा ‘ट्रयाक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए ।
मानवीय क्षति नभए पनि पहिरोको अबरोधले आवतजावत पूर्ण रुपमा रोकिएको छ ।