काठमाडौं । काभे्रको बनेपामा चलचित्र छायाँकनका लागि स्टुडियो निर्माण हुने भएको छ । आज अर्थमन्त्री बर्षमान पुनले संघीय संसदको दुवै सदनमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्ने क्रममा बनेपामा चलचित्र छायाँकनका लागि स्टूडियो निर्माण कार्य थालनी गर्ने बताएका छन् । अनलाइनबाट जग्गा रोक्का र फुकुवा गर्ने तयारी सरकारले भूमि प्रशासनन सम्बन्धी अभिलेखलाई डिजिटलाइज गरी जग्गा धनीको पहुँचको व्यवस्था मिलाउने जनाएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आज संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेट भाषणमा आउँदो बर्षदेखि बैंक,वित्तिय संस्था,सहकारी संघसंस्थाबाट रोक्का तथा फुकुवासम्बन्धी कार्यलाई पूर्णरुपले अनलाइन प्रणालीबाट सञ्चालनमा ल्याउने वताएका छन् ।