
काठमाडौं । कलाकारमा ओत्से गुरुङ निर्देशन र अभिनयमाअब्बलछन् । दर्जनौं फिल्ममा अभिनय गरिसकेकामा ओत्से फिल्म ‘दयारानी’का निर्देशक समेत हुन् । यिनै माओत्से आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘अग्नि दहन’मा धामीको चरित्रमा दर्शक माझआउँदै छन् ।
माओत्सेका अनुसार उनलाई धामीको चरित्र निभाउन सजिलो थिएन । ‘एउटा यस्तो व्यक्ति बन्नु थियो, जसले व्यक्तिलाई होइन, समाजलाई आफ्नो नियन्त्रणमा राख्थ्यो । मैले यो चरित्रका लागि धेरै तयारी पनि गरेको थिइनँ । म गाउँमाजन्मेर हुर्केको मान्छे । धामीझाँक्री र बोक्सीका थुप्रै घटनाहरू देखेको थिएँ । मैले देखेका तिनै धामीबाट क्यारेक्टर निकालेको हुँ’, माओत्से भन्छन् ।
आफूले धामीझाँक्रीले गरेको पुजाआजा र अनुष्ठान बच्चै देखि देखेको हुनाले पनि ‘धामी’चरित्र निभाउन अनुसन्धान नगरेको खुलाए ।उनले भने,‘ ‘घरमा सामन्य झारफुक मेरो बाबाले पनि गर्नुहुन्थ्यो । त्यसैले चरित्रबारे धेरै अनुसन्धान गरिनँ ।’
ट्रेलरमा धामी बनेका माओत्सेले महिलालाई फलामले डाम्ने, मलमुत्रखुवाउनआदेश दिने काम गरेका छन् । उनी आफू कथाको पात्रमात्र भएर यो काममा उपस्थित भएको बताउँछन् ।माओत्सेकै भनाईमा यो काममा उनलाई खासै समस्या भएको रहेनछ ।
माओत्सेले फिल्मी करियरमा होस् वानाटकमा होस्, सकारात्मकवानकारात्मकदुवै चरित्र निभाए । जुनसुकै चरित्र निभाउँदा पनि उनलाई आफ्नो ‘इमेज’बिग्रिएलाभन्ने डर छैन । ‘अग्निदहन’मा धामी चरित्र निभाइरहँदा उनले यही कुरालाई मनन गरेका रहेछन् ।
‘म कलाकार हुँ ।फिल्म अथवा नाटकमाअभिनयगर्दा मप्रोटोगोनिस या एन्टो गोनिस मात्रै भूमिका गर्छु भनेर कहिल्यै रोज्दिनँ । मेरो भूमिकाले फिल्ममा कस्तो प्रभावपार्छ, त्यो हेर्छु’, उनी भन्छन् ।
माओत्सेको देखाईमा ‘बोक्सी’को आरोप लागेका महिलाप्रति सबै धामीक्रुर हुँदैनन् । ‘सबै धामीक्रुर भएको देखेको छैन । कतिपय धामीले मनोवैज्ञानिक रूपमा ट्रिटमेन्ट गरेको पनि देखेको छु । तर, जो जसले बोक्सीको नाममा महिलालाई दुखदिइरहेका छन्, त्यो साच्चिकै अमानवीय कार्य हो’, माओत्से भन्छन् ।
माओत्सेले आफूलाई ‘अग्निदहन’निर्देशकघनश्यामलामिछानेले ‘तपाईलाई सुहाउने एउटा रोल छ’भनेपछि आफूले रोल सुनेर अभिनयका लागि सहमत भएको बताए ।








