काठमाडौँ । जिल्लाको उत्तरी भेगमा अवस्थित बाल विकास बोर्डिङ हाइ स्कुलले आफ्नो स्थापनाकालको तीसौँ वर्षमा सगौरव प्रवेश गरेको अवसरमा आयोजना गरेको को समापन भव्यताको साथ सम्पन्न गरेको छ ।
विद्यालयका संस्थापक अध्यक्ष श्री शंकरदास श्रेष्ठको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख अनिता लामाले मुख्य आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । बुढानीलकण्ठ नगरपालिकाको शिक्षा शाखा प्रमुख ललित विक्रम सिंह, कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक शान्ता ढकाल,पूर्व सह प्राचार्य श्री बुढानीलकण्ठ स्कुल, ying hua institute का principal HAO LIANG ले विशेष अतिथिको रूपमा भूमिका निर्वाह गर्नुभएको थियो ।
सप्ताहव्यापी रुपमा आयोजना भएको खेलकुद प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुले सो कार्यक्रममा क्रमशः स्वर्ण पदक , रजत पदक र कास्य पदक तथा प्रमाणपत्र हासिल गरेका थिए । विद्यार्थीहरूका सानदार प्रस्तुति भएका प्रतिस्पर्धामा पहेँलो सदन, नीलो सदन र हरियो तथा रातो सदन समग्रमा क्रमशः प्रथम ,द्वितीय र तृतीय भएका थिए ।
कार्यक्रममा लामो समयदेखि विद्यालयलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने अभिभावकज्यूबाट विजयी विद्यार्थीलाई पदक हस्तान्तरण गरिँदाको क्षण एकदमै अविस्मरणीय थियो । दुई चरणमा आयोजना भएको कार्यक्रममा विद्यार्थीहरूले उत्कृष्ट नृत्य प्रदर्शन गरेर उपस्थित सम्पूर्ण महानुभावहरूलाई भरपुर मनोरञ्जन पस्कनुभएको थियो । कुङ फु समूहको प्रस्तुतिले कार्यक्रमलाई अझै भव्य बनाएको थियो । दोस्रो चरणको कार्यक्रम प्रमुख अतिथिको आगमन पश्चात् मार्च पासमार्फत सुरु गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य कक्षा ९ मा अध्ययनरत छात्रा सुप्रिया मैनालीले प्रस्तुत गर्नुभएको थियो भने विद्यालयका संयोजक लक्ष्मण तितुङले विद्यालयका विविध गतिविधिबारे प्रकाश पार्नुभएको थियो । प्रमुख अतिथि नगर उपप्रमुख अनिता लामाले विद्यालयका खेलकुद गतिविधिको मुक्तकण्ठले प्रशंसा गर्नुको साथै उत्कृष्ट कार्यक्रमको आयोजना गरेकामा विद्यालयप्रति बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको थियो । त्यसैगरी विशेष अतिथि ललित विक्रम सिंहले पनि विद्यालयको खेलकुद उन्नयनको प्रशंसा गर्दै बधाई तथा शुभकामना प्रकट गर्नुभएको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रशिक्षक सुकमान लामाको परिकल्पना तथा संयोजकत्वमा आयोजना भएको सो कार्यक्रमको सञ्चालन विद्यालयका अङ्ग्रेजी विभाग प्रमुख किशोर के.सी. ले गर्नुभएको थियो । यसै अवसरमा विद्यालयमा अध्यापन कार्यमा सरिक सम्पूर्ण शिक्षकशिक्षिकालाई मायाको चिनो प्रदान गरेर विद्यालयले प्रेरणाको ऊर्जा भर्ने काम गरेको थियो ।

विद्यार्थीका शारीरिक,मानसिक तथा रचनात्मक विकासका लागि अत्यन्तै रमाइला खेलहरू समावेश गरिएका सो कार्यक्रममा कुनै न कुनै खेलमा हरेक विद्यार्थीले पदक प्राप्त गरेकामा अभिभावकज्यूहरू खुसीले पुलकित हुनुभएको थियो । अभिभावकज्यूहरूको उत्साहवर्धक उपस्थिति रहेको उक्त कार्यक्रमको समापन भएको घोषणा विद्यालयका कार्यवाहक प्रधानाध्यापक दिनेश श्रेष्ठले गर्नुभएको थियो ।