काठमाडौँ । शिवतत्व योग स्कुलले स्वास्थ्यको लागि हाइकिङ गर्दा शारीरिक तथा मानसिक रूपमा फाइदा हुन्छ भन्दै छोटो दुरिको हाइकिङ सम्पन गरेको छ |आज काठमाडौं उपत्यकाको बुढानिलकण्ठमा रहेको बदेली हाइटमा शिवतत्व योग स्कुलका प्रशिक्षक र प्रशिक्षार्थी गरि ९ जनाले सम्पन गरेका हुन् | माथि हाइट शान्त र खुला रहेको हुदाँ योग आशन र ध्यान पनि गरेका छन् | हप्तामा एकदिन हिँड्ने बानीले धेरै फाइदा पुगने हुदाँ योग स्कुलले हाइकिङलाई योग शिक्षामा जोडेर आज छोटो दुरिको हाइकिङ अभियान गराएका हुन् |जनस्वास्थ्यका दृष्टिले पनि हाइकिङलाई निकै राम्रो मानिन्छ । साताको एक दिन हाइकिङ गर्दा शरीर स्वस्थ्य र तन्दुरुस्त भइन्छ भन्नि शिवतत्व योग स्कुलको भनाई रहेको छ ।

‘सहरी जीवनशैली र वातावरण त्यति राम्रो छैन,’ एक प्रशिक्षार्थीले भने, ‘हप्तामा एकदिन हिँड्ने बानीले नयाँ उर्जा ल्याएको अनुभव मैले गरेँ। त्यसैले सकेसम्म सबैले हप्तामा एक दिन हिँड्नै पर्छजस्तो लाग्छ।’

संसारका सबै मान्छे निरोगी हुन चाहन्छन्। निरोगी नै सुखि हुन्छ। मान्छेको सबैभन्दा ठूलो धन भनेकै स्वास्थ्य हो। स्वास्थ्य भएन भने जीवनमा केही गर्न सकिँदैन। बढ्दो शहरीकरण, व्यस्त र आधुनिक जीवन शैली, दिनभरको दौडधुप र तनाव ले गर्दा पनि हिँड्ने बानीमा कमी आएको हो। जता जानु परे पनि सवारी साधनमा यात्रा गर्ने बानी विकास भएको हुदाँ हाइकिङ मानवमा जीवनमा महत्वपुर्ण बन्दै गएको छ | । शरीर र मन दुवैले ‘रिफ्रेसमेन्ट’ चाहिरहेको हुन्छ । यस्तो अवस्थामा हाइकिङमा निस्किनु राम्रो विकल्प मानिन्छ ।नयाँ ठाउँको अवलोकनले मान्छेको मानसिक थकान मेटाउनुका साथै शरीरलाई पनि चुस्त राख्न मद्दत गर्छ । पछिल्लो समय हाइकिङमा निस्किनेहरुको संख्या बढेको छ ।

के हो हाइकिङ ?
हाइकिङ अर्थात् एकदिने पैदल यात्रा । प्रकृतिसँग रमाउँदै गरिने यो यात्रालाई ‘डे टूर’ पनि भन्ने गरिन्छ । यसले तनावको स्तर कम गर्ने तथा मानिसलाई शान्त बनाउने गर्छ । मुटु स्वस्थ राख्न पनि हाइकिङले भूमिका खेल्छ । त्यस्तै, हड्डी र मांसपेशी बलियो बनाउँछ । रक्तचाप नियन्त्रण हुन्छ । मधुमेहका रोगीका लागि हिँड्नु फाइदाजनक छ । मोटोपन कम भएर जान्छ । डिप्रेसन र एन्जाइटी कम गराउँछ । राम्रो निद्रा लाग्छ ।
हाइकिङका लागि आकर्षक गन्तव्य बन्दै आएको बुढानिलकण्ठमा रहेको बदेली हाइट
अब जाडोको समय आउदै छ । त्यो मौसममा यसै पनि व्यायाम गर्न जाँगर चल्दैन, जसले शरीर चुस्त हुन पाएको छैन । त्यसैले जाडो मौसममा हाइकिङको महत्व अझ बढ्छ । काठमाडौं उपत्यकामा रहेका केही हाइङि गन्तव्यको यहाँ चर्चा गरिएको छ ।त्यहाँबाट देखिने काठमाडौं उपत्यकाको चारैतिरको सुन्दर दृश्य देख्न सकिन्छ ।

शिवतत्व योग स्कुलको यो कार्यले योग एउटा म्याटमा मात्र सिमित नभइ प्राकृतिक रूपमा घुलमिल भएर पनि गर्न सकिन्छ भन्ने पुष्टि गरेको छ | यस कार्यले प्रशिक्षार्थीहरुलाई थप उर्जा प्रदान गरेको छ |

संसारका सबै मान्छे निरोगी हुन चाहन्छन्। निरोगी नै सुखि हुन्छ। मान्छेको सबैभन्दा ठूलो धन भनेकै स्वास्थ्य हो। स्वास्थ्य भएन भने जीवनमा केही गर्न सकिँदैन। निरोगी समाज निर्माण अभियानमा जुटेका शिवतत्व योग स्कुल हो | शहरको घच्चाघमासानबाट फुत्केर आनन्द लिनु छ भने, तपाईंहरुले शिवतत्व योग स्कुलसंग जोडिन सक्नुहुनेछ |