सुन्दा अनौठो लाग्न सक्छ कि हरेक ८सेकेन्डमा सुर्तीजन्य पदार्थ सेवनको कारण एकजनाको मृत्यू हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यू यहि कारण हुने गर्दछ ।
अन्य देशको तुलनामा नेपाल सुर्तीजन्य पदार्थ सहज उपलब्ध हुने देश हो । र यहाँ यसको सेवन गर्नेलाई कडा कानून पनि छैन् र भएको कानूनको पनि कार्यान्वयन फितलो छ । केहि समय यता सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कानूनी कारवाही हुने प्रावधान भएको कानून ल्याइएपनि यसको प्रभावकारी नियमन र कारवाही भएको पाइएको छैन् । नेपाल सुर्तीजन्य वस्तुको नियन्त्रणसम्बन्धी अन्तराष्र्टिय महासन्धी अनुमोदन गरी त्यसको पक्ष राष्ट बनिसकेको छ । यो महासन्धीमा नेपालले सन्२००६मै हस्ताक्षर गरेको हो ।
चुरोट,गुड्खा,सुर्ती जस्ता पदार्थको सेवनले हुने मानिसको स्वास्थ्यको हानीलाई सबैले ख्याल गर्नुपर्दछ । सुर्तीजन्य पदार्थको सेवन आजको विश्वको लागि एक गम्भिर चूनौती बनेर उभिएको छ । सन् २०३४ को विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको मुख्य ध्येय बालबालिकामा सुर्तीजन्य पदार्थको सेवनले पार्ने समग्र नकारात्मक प्रभावको बारेमा प्रचार गर्नु रहेको छ ।