
काठमाडौं । नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबीटीआई)समुदायका लागि स्वास्थ्य सेवा प्रदान गर्न मायाको पहिचान नेपाल र एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रबीच साझेदारीका लागि सम्झौता भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कार्यकाल सुरु भएसँगै लैङ्गिक तथा यौनिक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूको अनुदान अचानक कटौती गरेपछि समुदायलाई स्वास्थ्य सेवा दिँदै आएका २० भन्दा बढी क्लिनिकहरू बन्द भएपछि वैकल्पिक बाटो खोजीएको हो ।
नयाँ साझेदारीपछि स्वास्थ्य सेवा सुरु भएको र सेवा सस्तो, सहज र समावेशी ढङ्गमा सञ्चालन गर्ने विषयमा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले बताए ।
एक एक पाइला स्वयंसेवी चिकित्सकहरूको पहलमा सञ्चालित स्वास्थ्य सेवा अभियान हो, जसले ग्रामीण र उपेक्षित क्षेत्रमा गुणस्तरीय सेवा र्पुयाउँदै आएको छ। अभियानले एलजीबीटीआई समुदायका लागि विशेष कार्यक्रम सुरु गरेको हो । जसमा यून शुल्कमा चिकित्सक परामर्श तथा यौनिक स्वास्थ्य सेवा लिन सक्नेछन् ।





