चितवन । केहीदिनदेखि आएको हावाहुरीले चितवनको केराखेतीमा ज्यादै ठूलो क्षति पुगेको छ । केरा उत्पादक संघ चितवनका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार करिव २५ सय बिघामा लगाइएको केरामा हावाहुरीको कारण धेरै क्षति पुगेको छ ।
पूर्वी चितवनका रत्ननगर,कालिका,खैरहनी लगायतका नगरपालिकामा लगाईएको ठूलो परिमाणको केराखेतीमा क्षति पुगेको घिमिरेले बताए । यसप्रकारको केराको क्षतिले करिव १२ करोड रुपैयाँ बरावरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको संघका महासचिव जनक पन्तले जानकारी दिए । क्षतिमध्ये करिव ९० प्रतिशत किसानले मात्र बिमा गरेका बताए । यहाँ सातसय किसानले केरा खेती गर्दै आएका छन् ।