काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार चार दिन उच्च अंकले बढेर मंगलबार ८.१८ अंकले करेक्सन आएको छ ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । आज २१ अर्ब ५१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार २७ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
उतारचढावका बीच बढ्ने र घट्ने हुँदै अन्तिम समयमा बढेर बजार बन्द भएको छ । यद्यपि, आज कारोबार रकम भने उच्च अंककै रहेको छ । यसदिन २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँको भएको छ । तीन कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । जसमा मातृभूमि लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेड रहेका छन् ।
आज नेपाल फाइनान्स लिमिटेडको शेयरमूल्य ९।९३ प्रतिशतले घटेको छ । सर्वाधिक कारोबार पनि यसै कम्पनीको भएको छ । आज यस कम्पनीको ८१ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।








