काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ ।
निगमका अनुसार इन्डियन आयल कर्पाैरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य पैतिलिटर २.४५ ले घटेर आएको छ ।