कान्तिपूर सेभिंग एण्ड को अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सीवी लामा भन्ने चन्द्रबहादुर तामाँगलाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारी ठगी मुद्दामा लामा सहितको समूहले ८ अर्ब भन्दा बढी ठगी गरेको आरोप छ । अनुसन्धानबाट लामा एक्लैले निक्षेपकर्ताको एक अर्ब भन्दा बढी रकम अपचलन गरेको खुल्न आएको छ । सरकारले गत फागुन २७ गते लामा सहित कान्तिपूर सहकारीका ११ सञ्चालक विरुद्द काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । मुद्धा दायर हुनु पहिलेदेखि नै लामा लगायतका समूह फरार थिए ।