काठमाडौं । माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा शुक्रबार विश्वभरिका वायुसेवा कम्पनी, मिडियासहितको सेवा प्रभावित भएको छ।
भारतमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत प्रभावित बनेका छन् भने अमेरिका,अस्ट्रेलिया सहितका देशमा पनि उडानहरु प्रभावित भएको जनाइएको छ ।
तर यसले नेपालमा भने उडानमा कुनै असर नपारेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।