
काठमाण्डौ | सुनको भाउ आज पनि हिजोजस्तै तोलामा पाँच सय रुपैयाँले बढेको छ । बुधबारको तुलनामा आज सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ७५ रुपैयाँ निर्धारण भएको छ ।बुधबार (जेठ २१) छापावाल सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।


