काठमाडौं।अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग र भन्सार विभागमा महानिर्देशक पठाएको छ ।
मन्त्रीस्तरीय बुधबारको निर्णयले आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ महानिर्देशक पठाएको हो ।
आन्तरिक राजस्व विभागको महानिर्देशकमा मदन दहाल र भन्सार विभागको महानिर्देशकमा महेश भट्टराईलाई जिम्मेवारी दिइएको छ ।