बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सामान्य वृद्धि भएर ५ अर्ब ९३ करोड पुगेको छ ।
काठमाण्डाै| हिजो सामान्य बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७.३३ अंकले घटेर २ हजार ५८८.६२ विन्दुमा झरेको छ ।बुधबार जस्तै बिहीबार पनि फाइनान्स उपसूचकमा ठूलो गिरावट आएको छ । यसका साथै बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, जीवन तथा निर्जीवन बीमा लगायत क्षेत्र रातो बनेपछि सेयर बजारमा गिरावट आएको हो ।






