काठमाडौं । पाँच दिन लगातार ओरालो पछि नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार परिसूचक १.०३ अंकले बढेर २६११.४३ विन्दुमा बन्द भएको हो ।
यस दिन कारोबार रकम बढेको छ । नेप्सेका अनुसार,बजारमा ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। । सोमबार सात अर्ब ६३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
बजारमा १२० कम्पनीको सेयर भाउ बढेको छ भने १२६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.०३ र जलविद्युत उपसमूहको सूचक १.४० प्रतिशतले उकालो लागेको छ।
नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ ।