
पनौती ,काभ्रे । ज्योति मिर्मिरे सामुहिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औ बार्षिक साधारण सभाबाट आगामी चार वर्षका लागि पुनः उद्धव सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
एकाई प्रतिनिधिहरुको संयुक्त सभामा निर्विरोध निर्वाचित पदाधिकारीहरुको सपथ गराईएको थियो ।
सोही अधिबेशनबाट उपाध्यक्षमा कान्छीमैया थापा कार्की, सचिव बुद्धसिंह थापा, कोषाध्यक्ष पूर्णराम तुलाधर निर्विरोध भएका छन् ।
महिला सदस्यहरुमा शोभा हाडा, पवित्रा सापकोटा, मनिला केसी निर्विरोध भएका छन् । संचालकहरुमा भुगोल तर्फ शिवराज श्रेष्ठ पाँचखाल, सरिता गिरी धुलिखेल, सविता बज्राचार्य बनेपा, लोकेन्द्रकुमार सापकोटा पनौती, भिमप्रसाद बञ्जारा पनौती, उमा थापा पनौती, सुर्यकुमारी तामाङ पनौती, रामप्रसाद तिमल्सिना बेथान्चोक रहेका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिमसेन केसी र सदस्यहरुमा कुमार बस्नेत र राजुप्रसाद तिमल्सिना सदस्य रहेका छन् ।
संस्थाका पूर्व अध्यक्ष एवं निर्वाचन संयोजकले नव निर्वाचित समितिका अध्यक्ष एवं पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाइएको थियो ।






