काठमाडौं । रंग उत्पादनगर्नेकम्पनी एभरेष्टकलर लिमिडेटको पहिलो साधारण सभाले सर्वसाधारणलाई चुक्तापूँजीको १५ प्रतिशत साधारण सेयर निस्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको शनिबार सम्पन्न साधारण सभाले संस्थापक सेयरधनीकातर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकको पनि चयन गरेको छ ।
अन्य कलर उधोग भन्दा पृथकढँगले, स्वदेशी युवाहरुको लगानीमा गुणस्तरीय एभरेष्टकलर उपभोग गरेर आयातप्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पु¥याउने उद्देश्य लिएर १४ बर्षअघि एभरेष्टकलर कम्पनी स्थापना भएको हो । कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । त्यसमध्ये संस्थापक सेयरधनीले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेका छन् । सर्व साधारणलाई १५ प्रतिशत सेयर निस्कासन गरेपछि कम्पनीको चुक्तापुँजी २६ करोड रुपैयाँ पुग्ने छ ।
साधारण सभाले सरोज लुईटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजीनाश्रेष्ठ र आत्मारामढुँगानालाई संस्थापक सेयरधनीकातर्फबाट संचालकमानिर्बाचित गरेको छ । कम्पनीमा सर्वसाधारण सेयरधनीकातर्फबाट एक जना र अर्का एक स्वतन्त्र संचालक समेत ७जनाको संचालक समिति रहने ब्यवस्था छ । निर्वाचित संचालकहरुलाई निर्वाचनअधिकृत अधिवक्तालीलानाथघिमिरेले प्रमाणपत्रहस्तान्तरण गरेका थिए ।
एभरेष्टकलर ५ महिनाअघिप्राइभेट लिमिटेड कम्पनीबाटपब्लिकलिमिटेडमा रुपान्तरणभएको थियो । कम्पनीले १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनी सरह उच्च गुणस्तरीय कलरहरु उपलब्ध गराउने नेपाली कम्पनीको रुपमा परिचित रहँदै आएको छ । स्वदेशी युवाहरु सँगठीत भई सहकारी मोडलमा एभरेष्टकलर सुरु गरेका थिए । कम्पनीले नेपाली हावापानी सुहाउदो उच्च गुणस्तरका प्रिमियम देखि ईकोनोमी ब्राण्डकाविभिन्न प्रकारका रंगहरु उपलब्ध गराइरहेको छ । कम्पनीले वाहिरी सतहको लागी १० वर्ष वारेन्टी भएको ब्रिलिएन्ट ड्याम्पप्रुफ, ७वर्ष वारेन्टीभएको एभरगार्ड प्रिमियमइमल्सन, एभरसाइनएक्स्टेरियर इमल्सन र र एभरकोट एक्स्टेरियर इमल्सन, भित्री सतहको लागी सफिर लग्जरी इन्टेरियर, डाइसी प्रिमियम इन्टेरियर, बेल इन्टेरियर, फुच्चे बेल इन्टेरियर, एलियनइन्टेरियर इमल्सन, रोयल एक्रेलिकवासेबल डिस्टेम्पर, बेल एक्रेलिकडि स्टेम्पर, प्राईमर तर्फ प्रिमियम एक्टेरियर, इन्टेरियर प्राइमर, काठ तथा धातुमा प्रयोग हुने एभर ल्याक हाइक्लास इनामेल, जुरेली सिन्थेटिकइनामेल, गैंडा बजेट एसवाइएन, इनामेल तथा त्यसमा प्रयोग हुने उड प्राइमर, मेटल प्राइमर रेड अस्साइड, लगायतका आल्मुनियम पेन्टस्, वाटर प्रुफिङ, गोल्ड पेन्ट, फ्लोर अक्साइडपाउडर, आर्ट कार्यमा प्रयोग हुने एभरेष्ट च्वाइस लगायतऔधोगिक प्रयोजनको लागी प्रयोग हुने विभिन्न कलरहरु उत्पादन गर्दै आईरहेको छ । निकट भविष्यमा १२ वर्ष वारेन्टीभएको सुपर प्रिमियम एक्स्टेरियर इमल्सन बजारमा ल्याउने तयारी भईरहेको कम्पनीले जनाएको छ ।
अन्तराष्ट्रिय गुणस्तर ब्यवस्थापन प्रमाणिकरण प्रमाणपत्रआइएसओ ९०००१ः२०१५ प्राप्त गरिसकेको एभरेष्ट कलरले कुशल ब्यवस्थापनको साथै उत्पादनहरूको गुणस्तर, वातावरण प्रभावप्रतिको दायित्व, कार्यस्थलमा स्वास्थ्य र सुरक्षाआदिलाई मनन गरीे अन्तराष्ट्रिय स्तरको प्रविधितथाअत्याधुनिक मेसिनबाट उत्पादन तथा ल्याव टेस्ट गरी नेपाली बजारमा रंगहरु वितरण गरिरहेको छ ।