tourist in nepal5 .
काठमाडौं । अक्टोबर पर्यटन व्यवसायीहरुको निम्ति एकदम व्यस्त रहनुपर्ने महिना हो । तर यो पाला पर्यटकहरुको आवागमन कम हुँदा व्यवसायीहरु निराश भएका छन् ।
पर्यटन वोर्डले दिएको जानकारी अनुसार अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९३ पर्यटक नेपाल आएका छन् ।
यो सँख्या सन् २०१९ को यसै महिनाको तुलनामा समेत कम पर्यटक आएको बोर्डको तथ्यांकले देखाएको छ ।अक्टोबर २०२३ मा १ लाख १७ हजार ३ सय ६ आएको तथ्यांक छ । यो महिना अघिल्लो वर्षको तुलनामा भने ६ प्रतिशत धेरै पर्यटक आएका छन् ।
अक्टोबरमा भारतीय हाराहारी नै अमेरिकी पर्यटक नेपाल आएका छन् । तथ्यांक अनुसार अक्टोबरमा १६ हजार ३ सय १३ भारतीय र १६ हजार २३ अमेरिकी पर्यटक नेपाल आएका छन् ।
बेलायतबाट ८ हजार १९ र चीनबाट ७ हजार ७ सय ५० पर्यटक आएको तथ्यांकले देखाएको छ । अस्ट्रेलियाबाट ६ हजार ९ सय २९, जर्मनी ६ हजार १८, फ्रान्स ५ हजार ४ सय ८५, बंगलादेश ४ हजार ४ सय ७६, श्रीलंका ३ हजार १ सय २५ र इटालीबाट २ हजार ६ सय ३५ जना आएका तथ्याँक छ।



