
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको हो ।
निगम सञ्चालक समितिको आजको निर्णय बमोजिम हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
भोली बिहानदेखि लागू हुने गरी उक्त निर्णय भएको हो ।








