काठमाडौं, । विश्व दुध दिवस दुध तथा दुग्धजन्य पदार्थको सेवन,दुग्ध व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ विश्व तथा नेपालमा विभिन्न कार्यक्रमहरु गरी मनाइँदैछ ।
नेपालमा दैनिक ७० लाख लिटर दुध उत्पादन हुने गरेको सरकारी तथ्याँक रहेको छ । यसमा झण्डै ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यो ब्यवसायमा संलग्न भएको बताइन्छ ।
संयुक्त राष्टसंघले खाद्य तथा कृषि संगठनले सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउँन सुरु गरेको हो ।
नेपालमा राष्टिय दुग्ध विकास बोर्ड र सरोकारवाला नियका नेपाल डेरी एसोसियसन ,केन्द्रीय दुग्ध सहकारी,दुग्ध विकास संस्थान लगायतले सँयुक्त रुपमा झापामा मूल समारोह गर्दैछन् ।