
काठमाडौं । अमेरिकी अर्बपति एवं माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले राष्ट्रपति उमेदवार कमला ह्यारिसको पक्षमा पाँच करोड अमेरिकी डलरसहयोगगरेका छन् ।
डेमोक्रेटतर्फकी उमेदवार ह्यारिस रिपब्लिकनका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नोभेम्बर ५ मा हुने राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्दै गरेकी हारिसको पक्षमा पैसा संकलन गरिरहेको समूह फ्युचर फरवार्डलाई बिल गेट्सले रकम दिएको न्युर्योक टाइम्सले जनाएको छ ।
बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सले कमला ह्यारिसलाई समर्थन गरेकी थिइन् ।





