काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार मात्र विभिन्न संस्थाबाट चार करोड ७९ लाख दश हजार ३९० सहयोग प्राप्त भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिए अनुसारआज नेशनल हाइड्रोपावर विद्युत् कम्पनी ९भारत सरकारबाट एक करोड, प्रभु बैंकबाट एक करोड, अरुण तेस्रो पावर कम्पनीबाट एक करोड, एभरेष्ट बैंक लिबाट ५० लाख, प्राइम बैंकबाट ३१ लाख रकम कोषमा सहयोग स्वरुप जम्मा भएको हो ।
त्यस्तै, प्रभु इन्स्योरेन्सबाट २५ लाख, प्रभु महालक्ष्मीबाट २५ लाख, प्रभु क्यापिटलबाट २५ लाख, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट १० लाख, इनर्जी ट्रीबाट आठ लाख एक हजार र नवीन कोइराला नुवाकोट (हालअमेरिका)बाट पाँच लाख नौ हजार ३९० रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।






