
धम्मपद शृङ्खला – ४६
पुष्प वर्ग
फेणूपमं कायमिमं विदित्वा मरीचिधम्मं अभिसंबुधानो ।
छेत्वान मारस्स पपुप्फकानि अदस्सनं मच्चुराजस्स गच्छे ॥ ३ ॥
यो शरीर पानीको फोकाजस्तै छ भन्ने जानेर, मृगमरीचिका समान जानेर मारका पुष्पमय वाणहरूलाई
काट्दै यमराजको दृष्टिपथबाट उन्मुक्त होऊ ।








