
चैत्र २६, महामुद्राको उपदेशका सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने यिनीहरू चित्तस्वरूपका उपदेश हुन्। यसमा आफ्नो चित्तलाई कसरी हेर्ने, त्यो कस्तो छ, कहाँ छ जस्ता शिक्षा पर्छन्। झोग्छेनको उपदेशमा पनि चित्तलाई कसरी हेर्ने र यसको स्वरूप कस्तो छ भनेर नै चिनाइन्छ। दुवै परम्परामा सबैभन्दा महत्वपूर्ण कुरा चित्तमै ध्यान गर्नु हो। यी दुवैले किन चित्तमा ध्यान गर्नुपर्छ र यसबाट के लाभ हुन्छ भन्ने कुराको स्पष्ट व्याख्या गर्छन्।
— भिभिड अवेयरनेस, पृष्ठ ९३ बाट







