
चैत्र १४
सामान्यत: शून्यता भन्नासाथ हाम्रो मनमा ‘केही पनि नभएको’ वा ‘रिक्तता’ को एउटा चित्र आउँछ र यसलाई हामी अवाञ्छनीय ठान्छौं। तर वास्तवमा शून्यता भनेको केही पनि छैन भन्ने होइन। यसको अर्थ यो हो कि हामीले जसलाई पकडेर बस्छौं र जसलाई सत्य ठानेर टाँसिन्छौं, ती सबै दृश्य वा प्रतीतिहरू आफ्नै तर्फबाट कुनै ठोस या सारभूत अस्तित्व नभएका हुन्छन्।
— महामुद्रा ध्यान परिचय, पृष्ठ ३१ बाट






