
चैत्र ६,चित्तको यथार्थ स्वरूपको बोध (साक्षात्कार) गर्ने सन्दर्भमा सूत्रयान वा महामुद्रा साधनाबीच कुनै भिन्नता छैन। दुवै अवस्थामा धर्मता बोध हुन्छ अर्थात् सत्यलाई यथाभूत रूपमा जानिन्छ। दुवै मार्गमा चित्तकै स्वरूपको बोध हुन्छ। फरक भनेको केवल यस्तो बोध कति चाँडो हुन्छ भन्नेमा मात्र हो।
— इसेन्सियल्स अफ महामुद्रा (महामुद्राको सार), विज्डम पब्लिकेसन्स, पृष्ठ ४७ बाट







