
फागुन १८, यदि हामीले सधैं चलायमान रहने श्वासमा ध्यान (भावना) गर्न सक्यौं भने यसले हाम्रा विचारहरूलाई नियन्त्रण गर्न सिक्न निकै मद्दत पुऱ्याउँछ। श्वासमा ध्यान गर्ने धेरै विधिहरू छन्, जस्तै श्वास गणना गर्ने, श्वासलाई पछ्याउने आदि। यी सबै विधिहरूको उद्देश्य भनेकै हामीलाई आफ्नो मन नियन्त्रण गर्न सक्ने अवस्थासम्म पुऱ्याउनु हो। जब हामी आफ्नो मनमाथि नियन्त्रण प्राप्त गर्छौं तब यो यताउता बहकिँदैन।
— कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ २५९ बाट







