
धम्मपद शृङ्खला -२४
अप्रवाद वर्ग
उट्ठानवतो सतिमतो सुचिकम्मस्स निसम्मकारिनो ।
सञ्ञतस्स च धम्मजीविनो अप्पमत्तस्स यसोऽभिवड्ढति ॥ ४ ॥
जो व्यक्ति उत्थानशील छ, स्मृतिवान् छ, पवित्र कार्य गर्दछ, विचारपूर्वक कार्य गर्दछ, संयमयुक्त छ, धर्मपूर्वक
जीवन व्यतीत गर्दछ तथा प्रमादरहित छ, उसको यश वृद्धि हुन्छ |







