पुष २५, वीर्य (उत्साहपूर्ण प्रयत्न) को बाधक तत्व आलस्य हो। आलस्य तीन प्रकारका हुन्छन्: पहिलो, अकुशल चीजहरूमा लिप्त हुनु वा आशक्त हुनु। दोस्रो, आध्यात्मिक अभ्यास वा धर्म साधनातर्फ कुनै रुचि वा झुकाव नहुनु। तेस्रो, “म जस्तो व्यक्तिले बुद्धत्व जस्तो महान् लक्ष्य हासिल गर्न सक्दिनँ” भनेर आफूप्रति हीनभाव राख्नु।
— शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ ८६ बाट