
अप्पं पि चे संहितं भासमानो धम्मस्स होति अनुधम्मचारी।
रागं च दोषं च पहाय मोहं सम्मप्पजानो सुविमुत्तचित्तो ॥ २० ॥
यदि शास्त्रहरूको सामान्य प्रवचन गर्ने मानिस तदनुरूप धार्मिक आचरण गर्छ भने राग, द्वेष र मोहको परित्याग
गर्न सक्छ, सम्यक् प्रज्ञायुक्त भई चिन्ताविहीन चित्तयुक्त हुन्छ ।
ऊ यो संसार र परलोकमा पनि आसक्तिरहित हुन्छ, ऊ श्रमण बन्न लायक हुन्छ ।







