
पुष ११, छैठौं पारमिता प्रज्ञा हो। लौकिक वस्तुहरूबाट हामीले कति सुख प्राप्त गर्छौं भन्ने कुरा हाम्रो ज्ञान र प्रज्ञाको स्तरमा भर पर्दछ। त्यसैले, प्रज्ञा नै सुख र आनन्दको मूल आधार हो र यसैले अन्य सबै चीजको वास्तविक महत्व निर्धारण गर्दछ। पारमार्थिक अर्थमा हामीले प्राप्त गर्न सक्ने लाभ धेरै हदसम्म हाम्रो ज्ञान र प्रज्ञाको स्तरमा निर्भर गर्दछ। साथै, अरूलाई मद्दत गर्ने क्षमता पनि हाम्रो प्रज्ञामा नै भर पर्दछ।
— बौद्धसाधनाका तीन यान, पृष्ठ ६२ बाट







