
यमक वर्ग
१८. इध नन्दति पेच्च नन्दति कतपुञ्ञ उभयत्थ नन्दति ।
पुञ्ञ मे कतं ति नन्दति भिय्यो नन्दति सुग्गतिं गतो ॥ १८ ॥
पुण्य गर्ने व्यक्ति यो संसारमा आनन्दित हुन्छ, परलोकमा आनन्दित हुन्छ, दुवै लोकमा आनन्दित हुन्छ । मैले पुण्य गरेको छु – यस्तो विचार गर्दा ऊ आनन्दित हुन्छ । सद्गति प्राप्त भएको हुँदा ऊ बारम्बार आनन्दित हुन्छ ।







