
पुष ३, क्षान्ति पारमिता (धैर्य) को अभ्यास गर्नु बुद्ध-बोधिसत्त्वहरू प्रति गरिने अति उत्तम पूजन या अर्पण हो। यसले तपाईंको जीवनलाई अर्थपूर्ण बनाउने उद्देश्य प्राप्त गर्न पनि मद्दत गर्दछ। क्षान्तिको अभ्यासले अन्य प्राणीहरूको पनि हित हुन्छ; त्यसैले क्रोध उत्पन्न हुन नदिई क्षान्तिको अभ्यास गर्नुपर्छ।
— शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ ८१ बाट







