
कार्तिक ६, अनित्यतालाई दुई प्रकारले वर्गीकरण गर्न सकिन्छ: बाह्य जगत र वातावरणको अनित्यता, अनि यसका निवासीहरूको अनित्यता। बाह्य जगतको अनित्यतामा चिन्तन गर्ने तरिका भनेको ऋतुहरूको परिवर्तन आदि बाहिरी प्रक्रियामा हुने परिवर्तनप्रति सचेत हुनु हो। यसका निवासी सत्व-प्राणीहरूको अनित्यतामा हामी आफ्ना परिवारजन र साथीभाइको मृत्युको तथ्यमाथि चिन्तन गर्न सक्छौं। कतिपय मानिस बाल्यकालमै वा युवावस्थामै बित्छन्। हामी आफैँ पनि बाल्यकालबाट वयस्क र वृद्ध हुँदै जान्छौँ। यी सबै हाम्रै जीवनमा घटिरहेका घटनाहरू हुन्, जसबाट हामी अनित्यताको बोध गर्न सक्छौं।
– अ लाइफ अफ ह्याप्पिनेस: अ प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ३३-३४ बाट







