वृद्धावस्था र अन्तराभवसम्बन्धी शिक्षा
असोज २७ ,यो एक्काइसौँ शताब्दीमा धेरै देशमा वृद्धहरूको जनसंख्या बढ्दै गएको छ। र, वृद्ध व्यक्तिहरूको सोचाइ अन्य उमेर समूहका मानिसभन्दा केही भिन्न हुनु स्वाभाविक हो। तर अब हामी उपयोगी छैनौं भनेर सोच्नु र आफैँप्रति टीठ महसुस गर्नु वास्तवमा अर्थहीन कुरा हो। किनकि, यसलाई राम्ररी विचार गर्ने हो भने वृद्धावस्थासम्म बाँच्न पाउनु वास्तवमै एउटा असाधारण सौभाग्य हो। यदि हामी युवा अवस्थामै मरेका भए वृद्धावस्थाको अनुभव गर्ने अवसर नै पाउने थिएनौं।
– अ लाइफ अफ ह्याप्पिनेस: ए प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ९ बाट