
धम्मपद शृङ्खला -७
यमक वर्ग
सुभानुपस्सिं विहरन्तं इन्द्रियेसु असंवुतं ।
भाजनम्हि अमत्तञ्जुं कुसीतं हीनवीरियं ।
तं वे पसहति मारो वातो रुक्खं व दुब्बलं ॥ ७॥
जो मानिस राम्रैराम्रा वस्तुको पछि लागिरहन्छ, इन्द्रिय संयम गर्दैन, भोजन कति ग्रहण गर्ने भन्ने हेक्का राख्दैन र जो प्रमादी तथा वीर्यहीन छ, उसलाई मारले यसरी पतन गराइदिन्छ जसरी बतासले कमजोर रुखलाई ढलाइदिन्छ ।
प्रस्तुति – डा नेत्र आचार्य







