हामीले आफ्नै मनको आन्तरिक संसार बुझ्न आवश्यक छ। यदि मनमा सुख छ भने जहाँ भए पनि हाम्रो वरिपरिको संसार बुद्धहरूको प्रासादझैँ देखिन्छ। तर यदि मनमा सुख छैन भने सुनचाँदीको महलभित्र बस्दा पनि आनन्द अनुभव हुँदैन। यदि हाम्रो मन शान्त र भयमुक्त छ भने संसार पनि शान्त र भयमुक्त देखिन्छ। हामीले अनुभव गर्ने सुख–दुःख वास्तवमा आफ्नै मन हो। त्यसैले मनलाई बुझ्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो।
— इसेन्सियल्स अफ महामुद्रा (महामुद्राको सार), पृष्ठ २१ बाट