
भदौ १९, ध्यानको तत्कालको फाइदा मानसिक शान्ति मात्र होइन। हाम्रो शारीरिक स्वास्थ्य पनि धेरै हदसम्म मानसिक अवस्थामा निर्भर गर्छ। तपाईंले मानसिक सन्तुष्टि र शान्तिको विकास गर्नुभयो भने तपाईं कम बिरामी हुनुहुनेछ र यदि बिरामी भए पनि सजिलै निको हुनुहुनेछ। यसको कारण के हो भने, रोग लाग्ने एउटा प्रमुख कारण मानसिक अशान्ति हो जसले गर्दा शरीरभित्रका नाडी र प्राणऊर्जामा पनि सोही अनुरूप अशान्ति वा गडबडी उत्पन्न हुन्छ।
— ध्यानसाधना सम्बन्धी उपदेश, पृष्ठ ३ बाट







