साउन २६, हामी किन ध्यान गर्छौं भन्ने कुरा बुझ्नु आवश्यक छ । केवल आनन्दका लागि वा कुनै असाधारण अनुभूतिका लागि हामी ध्यान गर्दैनौं । त्यस्तै केवल शान्त र स्थिर महसुस गर्नका लागि पनि ध्यान गर्दैनौं । हामी ध्यान गर्छौं किनकि ध्यानमार्फत् मनमा रहेका सबै क्लेशहरूलाई पूर्णतः निर्मूल गर्न सम्भव हुन्छ । ध्यानको उद्देश्य भनेको मनका दु:खहरूको पूर्ण अन्त्य गर्नु हो । हामी ध्यान गर्छौं किनकि मूलतः हाम्रो मनको क्षमता पूर्ण शान्त, क्लेशविहीन, र सम्पूर्ण प्रज्ञा र विवेकले युक्त हुनसक्ने हो ।
— अ सङ् फर द किङ्, पृष्ठ ३०-३१ बाट