
साउन ११, सांसारिक प्राणीहरू आफ्नो सुखमा मात्र ज्यादा आसक्त हुन्छन्, र त्यसैकारण तिनीहरू झन् ठूलो दुःखको सिर्जना गर्छन् । अर्कोतर्फ, संसारको चक्रबाट पूर्ण मुक्ति प्राप्त गरेका बुद्धहरूले सबैको कल्याणका लागि साधना गरेका हुन्छन्, र त्यसैकारण अरुलाई शरण दिन र सहायता गर्न सक्छन् ।
— शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ १२० बाट







