साउन ४ , शरणगमनको वर्गीकरणका दुई पक्ष छन्। यो वर्गीकरण हाम्रो ध्यान अभ्यास र मनोवृत्तिको गुणस्तरमा निर्भर हुन्छ। यदि हामी आफ्नो मात्र हितका लागि, आत्मकेन्द्रित आशयका साथ शरण लिइरहेका छौं भने, त्यो सामान्य शरणगमन हो। यदि हामी विगतका अनगिन्ती जन्ममा हाम्रा आमाबाबु भइसकेका अन्य सबै प्राणीहरूको हितका लागि शरण लिइरहेका छौं भने, त्यो विशिष्ट शरणगमन हो।
— कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ १२१ बाट