
असार २८
संसारका सबै प्राणी सुख चाहन्छन्—यही हाम्रो मूल चाहना हो । तर के बुझ्नुपर्छ भने हाम्रो सुख हामी आफैंले सिर्जना गर्छौं, र त्यो सिर्जना गर्ने क्षमता हामीमा नै छ । हामीले केवल सुखका कारणहरू सिर्जना गर्नुपर्छ अर्थात् कुशल कर्महरू (सकारात्मक कार्यहरू) गर्नुपर्छ । यसरी, हामीसँग भविष्यमा आउने जति पनि सुखहरू छन्—चाहे ती तत्कालका लागि हुन् वा सधैंका लागि—ती सबै सिर्जना गर्ने स्वतन्त्रता छ ।
— कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ ८० बाट







