
असार २२, यदि हामीले मिलारेपाजस्तै उत्साह (वीर्य) का साथ उहाँजस्तै अभ्यास गर्न सक्यौं भने त्यो अति उत्तम हो । तर अभ्यासमा त्यो स्तरको उत्साहपूर्ण परिश्रम गर्न सकिएन भने पनि केही हानि छैन । हामीले आफ्नो क्षमताले भ्याएसम्म धर्म अभ्यास गर्नु नै पर्याप्त हुन्छ । हामीले जति धर्म अभ्यास गर्छौं, त्यसको सकारात्मक फल अवश्य हुन्छ र त्यो कहिल्यै व्यर्थ जाँदैन ।
—अन बुद्ध इसेन्स (बुद्धत्वको सार), पृष्ठ १२ बाट







