
जेठ २० , ध्यानको जुनसुकै अभ्यास गर्दा पनि स्मृति, सम्प्रजन्य (होस) र अप्रमादको विकास गर्दै जानु धेरै महत्वपूर्ण हुन्छ । यी कुराहरू बानी जस्तै गरेर चित्तमा दृढ बने भने त्यही बानी मृत्युपछि अन्तराभव (भार्दो) मा पनि आफैं सक्रिय हुन्छ । स्मृति, सम्प्रजन्य, अप्रमादमा रहने बानी अन्तराभवमा सक्रिय भयो भने त्यहाँ हुने अनुभव हामीमाथि हावी हुन पाउँदैनन् । ती अनुभव आफूमाथि हावी भएनन् भने तपाईंले के हुँदैछ भन्ने कुरामा अलिक बढी नियन्त्रण राख्न सक्नुहुन्छ । आफ्नो पुनर्जन्म कहाँ हुने भन्ने कुरामा समेत तपाईंको नियन्त्रण बढ्छ ! त्यसैले स्मृति र सम्प्रजन्यको अभ्यास ज्यादै महत्वपूर्ण छ ।
( जर्नी अफ द माइन्ड, पृष्ठ १४ बाट)







