बैशाख २९ ,हामीले उत्पत्तिक्रम र सम्पन्नक्रमको अभ्यास गर्न चाहन्छौं भने
त्यसका लागि श्रद्धा, निष्ठा र विशुद्ध दृष्टिकोण हुनु अत्यावश्यक छ ।
निष्ठामा दुई पक्षहरू समेटिन्छन् — पहिलो हो चित्तको रुचि र उत्साह
र दोस्रो हो श्रद्धासहितको सम्मान । यसको अर्थ धर्ममा गहिरो रुचि
राख्नु, त्यसप्रति हर्षित र प्रेरित हुनु, साथै धर्मको सार्थकता र महत्त्वलाई
बुझेपछि उत्पन्न हुने गहिरो श्रद्धा प्रकट गर्नु हो ।
(कमेन्ट्री अन दि इसेन्स अफ क्रिएसन एण्ड कम्प्लिसन (उत्पत्तिक्रम र सम्पन्नक्रममाथि टिप्पणी), पृष्ठ ५४ बाट)