
बैशाख २७ ,जब हामी वज्रयान, त्यसमा पनि महामुद्रा, को अभ्यास सुरु गर्छौं त्यतिबेला सबैभन्दा पहिले के कुरामा ध्यान दिनुपर्छ ? मुख्यरूपमा
हामीले आफ्ना गुरु, खासगरी मूल गुरु र परम्पराका सम्पूर्ण गुरुहरूप्रति श्रद्धा, निष्ठा र दृढ विश्वास विकास गर्नुपर्छ । यसमा धेरै जोड दिइन्छ ।
(किङ् अफ समाधि (समाधिराज सूत्रमाथि टिप्पणी), पृष्ठ १५ बाट)








